काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौ २३ पछि पार्टी केन्द्रीय समितिको वैधानिकता सकिने बताएका छन्। सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समितिको वैधानिकता भदौ २३ मा सकिने भएकोले समयमै महाधिवेशन गर्न पौडेलको आग्रह छ।
सिंह निवासमा करिब दुई घन्टा नेताहरू छलफल गरेका थिए। आजको छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी र मिनेन्द्र रिजालबीच छलफल भएको थियो।
आज पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा भएको आफू पक्षका नेताहरूसँगको बैठकपछि पौडेलले भने, ‘भदौ २३ पछि यो केन्द्रीय समिति रहन सक्दैन। भदौ २३ पछि उता यो केन्द्रीय समिति रहँदैन। यसको वैधानिकता सकिन्छ।’



लोकपाटी न्यूज

