नचाहँदा-नचाहँदै द्वन्द्व हुनसक्छ : प्रचण्ड

prachanda-2
लाेकपाटी न्यूज

काठमाडौं, २५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया र संविधानसभाबाट प्राप्त अधिकारलाई इमान्दारिताका साथ लागू नगरिए देशमा द्वन्द्वको स्थित आउन सक्ने बताएका छन् ।

उनले प्राप्त अधिकारलाई सही सही ढङ्गबाट प्रत्यायोजन नगरे देशमा नचाहँदा नचाहँदै द्वन्द्वको स्थिति आउने बताएका हुन् ।

शुक्रबार राजधानीमा आयोजित एक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले शान्ति सम्झौतामा र संविधानसभाबाट संविधान बनाएर जे प्रतिज्ञा गर्‍यौं, त्यही अनुरुप हामी अघि बढ्न सकेनौँ भने नचाहँदा–नचाहँदै पनि देशमा फेरि द्वन्द्वको अवस्था आउन सक्छ । परिकल्पना गरौँ, त्यो कति भयानक होला ? अबको नेपालले त्यो धान्न सक्ला ?’

उनले शान्ति सम्झौता र संविधानको मर्म विपरीत केही कदमहरु चालिएकोमा आपत्ति जनाए । प्रहरीमा भएका शान्ति सम्झौता विपरीतका मुद्दा धमाधम अगाडि आएकोप्रति चिन्ता व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले हिजोको सामन्ती निरंकुशतन्त्र व्यवस्थाले विभेदमा पारेकाहरलाई राज्य सञ्चालनमा समुचित स्थान दिन, त्यही अनुसारको राजनीतिक व्यवस्था निर्माण गरेर शान्ति र समृद्धिको नयाँ युग युगतिर जाने परिकल्पाना गरेर सम्झौता गरेको अध्यक्ष प्रचण्डले स्मरण गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्