माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ। बैठक आज (आइतबार) बिहान ११ बजे पेरिसडाँडामा बस्ने गरी बोलाइएको एक नेताले बताए। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने उनको भनाइ छ।

बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नामसमेत टुंगो लगाउने जनाइएको छ। यसअघि शनिवार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता भएको थियो। सो अवसरमा केही दिनभित्रै सत्ता साझेदार दलबीच छलफल गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सहमति भएको जनाइएको छ।

असार २९ गते प्रधानमन्त्रीमा शपथ लिएका देउवाले हालसम्म पनि सरकारलाई पूर्णता दिन नसकेको भन्दै उनको आलोचना हुन थालेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्