प्रधानमन्त्री देउवा र प्रचण्डबीच फेरि भेट

Deuba_Prachanda
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री देउवा र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अपराह्न करिब सवा तीन बजेदेखि करिब ३५ मिनेट भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ। यसअघि मंगलबार बिहान पनि प्रचण्ड र देउवाबीच बालुवाटारमै भेट भएको थियो।

भेटमा मन्त्रिपरिषद् बिस्तारसहितका समसामयीक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ। यता, प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी छ। प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका प्रमुखहरू फेर्ने चर्चा चलिरहेका बेला मन्त्रिपरिषद बैठक बसेको हो।

स्रोतका अनुसार आजको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखहरुको हेरफेरको निर्णय गर्ने तयारी छ। यसअघि केपी ओली नेतृत्वको सरकारले हटाएका गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखहरुलाई पुन: नियुक्ति गर्न सत्ता गठबन्धनबीच सहमति भएको बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्