सरकारमा छिटै सहभागी हुन्छौं : महेन्द्र राय यादव

mahendra-raya-yadav pic
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी जसपाका नेता महेन्द्र राय यादवले आफूहरु सरकारमा छिटै सहभागी हुने बताएका छन्। निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारमा सहभागी हुने बताएका हुन्।

सरकारको न्यूनतम साझा कार्यक्रम बनाएर सरकारमा सहभागी हुने उनले बताए। यादवले सरकारमा कति जना र कोको सहभागी हुने भन्ने एकिन नभएको बताए।

निर्वाचन आयोगले जसपाको आधिकारिकता विवाद निरुपण गर्न केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुको सनाखत गर्न बोलाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्