बर्दिया। बर्दियामा नदीमा नुहाउन गएका २ जना कर्णाली नदीमा बेपत्ता भएका छन्। गेरुवा गाँउपालिका वडा नं ६ का १४ वर्षिय सञ्जिव विक र उनकी ८ वर्षिय बहिनी दिलमाया विक रहेका छन्।
शुक्रबार बिहान खाना खाएर खेल्न गएका दाजु बहिनी नुहाउने क्रममा ११ बजे बेपत्ता भएको स्थानीयले जनाएका छन्। बेपत्ता भएका बालबालिकाको प्रहरी र स्थानीयहरुले खोजी जारी राखेका छन्।



लोकपाटी न्यूज
