एउटै मञ्चमा प्रचण्ड, नेपाल, वैद्य र विप्लव

prachanda_biplab_Baidhya_nepal
लोकपाटी न्यूज

काठमाडौं। शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा(क्रान्तिकारी)माओवादीका अध्यक्ष मोहन वैद्यलगायतका नेताहरू एउटै मञ्चमा देखिने भएका छन्। पुष्‍पलाल मित्रता केन्द्रको आयोजनामा हुने कार्यक्रममा उनीहरू एउटै मञ्चमा देखिने भएका हुन्।

‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचनसहित श्रद्धान्जली कार्यक्रम हुने आयोजकले जनाएको छ। कार्यक्रममा एमाले नेतृ अष्टलक्ष्मी शाक्य, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीसमेत सहभागी हुनेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्