दलको नेता र मन्त्रीको नाम टुंग्याउँदै जसपा

Bhattarai_Yadab
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको विधान संशोधन गरिएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बसेको बैठकले विधान पारित गरेको हो। बैठकमा बहुमत सांसदहरूको उपस्थिति रहेको थियो।

अर्को बैठकबाट दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीको नाम चयन टुंग्याउने जसपाले जनाएको छ। यसअघि नै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्व गठबन्धनमा रहेको जसपाको यो पक्ष देउवा प्रधानमन्त्री बनेसँगै सरकारमा जाने तयारीमा छ।

जनता समाजवादी पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा विचाराधीन छ। आयोगले विवाद टुंगो लगाएपछि साउन १० गतेपछि जसपाले सरकारमा सहभागिता जनाउने भएको छ। तर, जसपाको महन्थ ठाकुर- राजेन्द्र महतो पक्षले पनि देउवालाई विश्वासको मत दिए पनि सरकारमा सहभागी हुने नहुने विषयमा भने केही निर्णय गरेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्