सुनकाण्डका अभियुक्त हरिसरण पक्राउ

harisaran
लाेकपाटी न्यूज

काठमाडौं, २२ माघ । सुन तस्करी काण्डमा मुछिएका हरिशरण खड्का दुवईमा प्रक्राउ परेका छन् । नेपालले इन्टरपोल रेड नोटिसमा राखेका सुन तस्कर खड्कालाई दुबई प्रहरीले पक्राउ गरेको हो ।

दुवई प्रहरीले उनलाई प्रक्राउ गरिएको जानकारी नेपाली दूतावासलाई दिएको हो । नेपालले केही दिन अघि पक्राउ गरेका खड्का बिरुद्धका कानूनी कागजपत्र दुबई पठाएको थियो ।

सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले खड्काको संलग्नता सहित उनलाई पनि सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा प्रतिवादी बनाएको थियो । काभ्रेका खड्का यसअघि २० पुस २०७३ मा केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको साढे ३३ किलो सुन तस्करीमा समेत प्रतिवादी बनाएका आरोपी हुन्।

इन्टरपोलको काठमाडौँ एनसिबीमा इन्चार्ज रहेका एसपी उमेशराज जोशीले खड्का पक्राउ परेको पुष्टि गरेका छन् । उनले काठमाडौं एनसिबीले रेड नोटिसमा राखेका खड्कालाई दुबईमा पक्राउ गरि कानूनी कागजपत्र मागेको जानकारी दिए । यद्यपी कानुनी प्रक्रिया पुरा गरेर खड्कालाई नेपाल ल्याउन करिव दुई देखी तीन महिना लाग्ने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्