नर्भिक अस्पतालले आइपीओ ल्याउने

लोकपाटी न्यूज

काठमाडौं। नर्भिक इन्टरनेशनल हस्पिटल अब पब्लिक कम्पनीमा रुपान्तरण गरेको छ। नर्भिक अस्पतालको क्षमता काठमाडौंमा बढाउने र उपत्यकाबाहिर समेत बिस्तार गर्ने योजना सहित कम्पनीले पुँजीवृद्धि गर्न लागेको छ।

सो क्रममा सर्वसाधारण लगानीकर्तालाई समेत प्राथमिक साधारण सेयर निष्कासन गरिने कम्पनीका सूचना अधिकारी सोमनाथ बास्तोलाले जानकारी दिए। ‘हामी पब्लिक कम्पनीमा रुपान्तरण हुने मूख्य उद्देश्य नै अस्पतालको सेवा बिस्तार गर्नु र त्यसमा सर्वसाधारणको हिस्सा समावेश गर्नु हो,’ उनले भने।

सूचना अधिकारी बास्तोलाका अनुसार आईपीओ कुन मोडलमा ल्याउने र कहिले ल्याउने भन्ने चाँही धेरै छलफल हुन बाँकी छ। सम्भवतः यो प्रक्रियाले मूर्तरुप पाउन २/३ वर्ष नै लाग्न सक्ने उनको भनाइ छ। नर्भिकको यो योजना सफल भएमा सर्वसाधारणमा सेयर जारी गर्ने नर्भिक मेडिकल क्षेत्रको पहिलो कम्पनी बन्ने छ।

कम्पनीले पुँजीवृद्धि गरी काठमाडौमा थप १ सय सैया क्षमता बढाउने अस्पतालको योजना छ। साथै सुनसरीको दुहवी र भैरहवामा १ सय सैयाको अस्पताल बनाउने योजना नर्भिकको छ। ती अस्पतालमा पुरै लगानी नर्भिकको नभई सर्वसाधारण र अन्य लगानीकर्तालाई समेत सहभागी गराउने योजना कम्पनीले लिएको छ।

२०-३० प्रतिशतसम्म पुँजी यसरी भित्राउने योजना बनाएपनि निर्णय नभएको कम्पनीको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्