काठमाडौं। एमाले नेता योगेश भट्टराईले सर्वोच्च अदालतले गरेकोे प्रतिनिधिसभा पुनःस्थापनाको स्वागत गरेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले भनेका छन्, ‘सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनर्स्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु।’
बदलिएको परिस्थितिमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चितता सहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्तामा संयम र धैर्यताका साथ अघि बढ्न पनि उनले आग्रह गरेका छन्।
हिजो आइतबार भएको १० बुँदे सहमतिलाई ईमन्दारिताका साथ कार्यान्वयन गर्दै नेकपा एमाले सांसदभित्र र बाहिर पनि एक ढिक्का रहने उनले विश्वास व्यक्त गरेका छन्।



लोकपाटी न्यूज

