काठमाडौं, २२ माघ । देशभर तामाङ समुदायको विशेष पर्व सोनाम ल्होछार, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सोनाम ल्होछार प्रत्येक वर्ष माघ शुक्ल प्रदिपदामा शुरु हुन्छ ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ । यो २८५५औं सोनाम ल्होछार हो ।
अनुसन्धाता टीका शेर्पाका अनुसार ल्होछारका १२वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिन्छ ।
मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको मूल आयोजक समितिकी वरिष्ठ उपाध्यक्ष बेली लो तामाङले बताइन्।
यस अवसरमा नेपाल तामाङ घेदुङलगायत तामाङ संघ संस्थाले मंगलबार काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दैछन्।
दिउँसो १ बजे हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको मूल आयोजक समितिले जनाएको छ । उक्त पर्व मनाउन प्रदेश ३ सरकारले मंगलबार सार्वजनिक बिदासमेत दिएको छ ।



लाेकपाटी न्यूज

