ज्योति विकास बैंक र क्यानबीच सम्झाेता

लोकपाटी न्यूज

काठमाडौँ। ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघबीच डिजिटल सेवा र सूचना प्रविधि प्रवद्र्धन गर्नेसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार बैंक र क्यानले संयक्त रुपमा देशका विभिन्न ठाउँमा डिजिटल सेवा र सूचना प्रविधिको प्रवद्र्धन, तालिम र कार्यान्वयनका लागि कार्यक्रमहरु सञ्चालनमा ल्याउनेछन्। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कंडेल र क्यानका उपाध्यक्ष रञ्जितकुमार पोदरले सम्झौतापत्रमा हस्ताक्षर गरे।

बैंकले क्यानमा आबद्ध व्यवसायी तथा संस्थामा कार्यरत कर्मचारीलाई प्रोफेसनल कर्जा, १५ लाख रुपैयासम्मको बिनाधितो सहुलियतपूर्ण कर्जा, साना तथा मझौला कर्जा र डिजिटल बैंकिङ सेवा उपलब्ध गराउनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्