काठमाडाैँ। आइतबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढ्दा सुनको मूल्य भने स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भएर एक हजार ३१५ रुपैयाँ कायम भएको छ भने, सुन गत शुक्रबारकै मूल्य ९२ हजार ४०० रुपैयाँ कायम भएको हो। महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत गत शुक्रबारकै कायम हुँदै ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदी गत शुक्रबार प्रतितोला अधिकतम एक हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो।



लोकपाटी न्यूज
