मेलम्ची। प्रधानमन्त्री केपी शर्मा ओलि भोलि शनिवार मेलम्ची क्षेत्रको बाढी पहिरोको स्थलगत निरिक्षणको लागि आउने भएका छन्।
पहिला हेलम्बु गएर त्यसपछि मेलम्ची आउने कार्यक्रम रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकार अरुण पोखरेल जानकारी दिए।हेलम्बुको गणेश बगरमा पीडितहरुसंग भेटघाट गर्ने र अहिले सम्मको राहत र उद्वारको बारेमा सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम पोखरेलले प्रधानमन्त्री ओलीलाई जानकारी गराउने छन्। मेलम्चीमा भने प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी गराउने कार्यक्रम रहेको छ।



लोकपाटी न्यूज

