काठमाडौं। नेपाल वायुसेवा निगममा कार्यरत कर्मचारीहरुले आन्दोलन जारी राख्ने बताएका छन्। बुधबार नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियनले पत्रकार सम्मेलन गर्दै निगमका प्रवन्ध निर्देशक डिम प्रकाश पौडेलको राजीनामा समेत माग गरेको छ।
सरकारको स्वामित्वमा रहेको निगमलाई कौडिको भाउमा बेचेर नीजिकरण गर्नका लागि कम्पनीको प्रवन्धपत्र र नियमावलीको मस्यौदा समेत तयार पारीसक्दा पनि प्रवन्ध निर्देशक पौडेलले सरोकारवालाहरुसँग छलफल नगरेकोे नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियनका महासचिव हेम लम्सालले बताए। निगमको महाप्रवन्धक डिम प्रसाद पौडेलले निगमको सम्पतिको कम मुल्यांकन गरेको, सम्बन्धित मन्त्रालय तथा आम कर्मचारीलाई छल्दै निगम बेच्ने रणनीति बनाएको तथा गलत उद्देश्य राखि सिमित व्यक्तिको माग पुरा गर्ने राजीनामा माग्नुपरेको महासचिव लम्सालले दाबी गरे।



लोकपाटी न्यूज