काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज आफ्नो मन्त्रिमण्डल विस्तार गर्दैछन्। मन्त्रिमण्डल विस्तारअघि आधा दर्जन केन्द्रीय मन्त्रीहरूले राजीनामा दिइसकेका छन्।
केन्द्रीय मन्त्री बाबुल सुप्रियोले मन्त्रिमण्डल फेरबदलअघि राजीनामा दिएका छन्। उनले आफ्नो आधिकारिक फेसबुक पेजमा आफूलाई राजीनामा दिन भनेपछि राजीनामा दिएको जानकारी दिएका छन्।
त्यस्तै, केन्द्रीय स्वास्थ्य मन्त्री हर्षवर्धनले आफ्नो पदबाट राजीनामा दिएका छन् भने केन्द्रीय रसायन र उर्वरक मन्त्री डीवी सदानन्द गौडा, राज्य मन्त्री प्रताप चन्द्र सारङ्गी, शिक्षामन्त्री रमेश पोखरियाल निशंक र श्रम मन्त्री सन्तोष गंगवारले पनि राजीनामा दिएका छन्। दोस्रो कार्यकालमा उनले पहिलो पटक मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन्।



लोकपाटी न्यूज

