काठमाडौं। प्रदेश २ को प्रदेशसभा बैठक लगातार दोस्रोपटक स्थगित भएको छ। आज दिउँसो १ बजे बस्ने भनिएको बैठक दोश्रो पटक सूचना टाँसेर स्थगित गरिएको हो। सरकार प्रदेश सभा प्रस्तुत गरेको बजेटमाथि छलफलका लागि आव्हान गरेको प्रदेश सभा बैठक दोश्रो पटक स्थगित गरिएको हो।
प्रदेश सभा संसद सचिवालयले बुधबार १ बजे बस्ने बैठक प्रदेश सांसदहरुलाई सन्देश पठाएर बैठक स्थगित भएको जानकारी गराएका छन्। यस अघि असार १५ गते १ बजेका लागि बोलाईएको प्रदेश सभा बैठक १ दिन अगाडी स्थगित गरेको जानकारी गराउदै २३ गते बैठकको समय निर्धारण गरिएको थियो।
बुधबार १ बजे बस्ने प्रदेश सभा बैठक असार २५ गते १ बजे सम्मकालागि स्थगित भएको प्रदेश सभा संसद सचिवालयका सचिव रंजित यादवले बताए। प्रदेश सरकारको विकास निर्माण र अन्य खर्चको भुक्तानी असार २४ गते सम्म मात्रै हुने भएकोले बुधबार बस्ने बैठक स्थगित गरी २५ गते बोलाइएको यादवले बताए।
प्रदेश सांसदहरुको संसदीय विकास कोषको रकम भुक्तानी र सरकारको अन्य खर्च भुक्तानि गर्न २४ गते सम्म मात्रै हुने भएकोले समय व्यस्तताका कारण संसद सचिवालयमा सूचना टाँसेर प्रदेश सभा बैठक स्थगित गरिएको उनले बताए।



लोकपाटी न्यूज

