काठमाडौं। पाँच विद्यार्थी संगठनहरुले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।
माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकार) को बागबजारस्थित कार्यालयमा बसेको बैठकले पहिलो चरणको आन्दोलन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। अखिल (क्रान्तिकारी) का प्रवक्ता जीपी मैनालीका अनुसार २४ असारमा देशव्यापी सिट्ठी जुलुस, २७ असारमा माइतीघरमा शंख फुकेर विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशता, अधिनायकवाद र स्वेच्छाचारी शासन गरेको भन्दै विद्यार्थी संगठनहरू आन्दोलनमा छन्। यसैगरी, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनमा समेत ऐक्यबद्धता जनाउने बैठकले निर्णय गरेको छ। शिक्षक सेवा आयोगको परीक्षा लिने प्रक्रिया तत्काल अगाडि बढाउन, चितवनमा २२ वर्षीया सुजिता भण्डारीको रहस्यमय मृत्युको घटनाको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न बैठकले माग गरेको छ।



लोकपाटी न्यूज

