नेताहरु विदेशीले बजाएकाे मादलकाे तालमा नाँचे : चित्रबहादुर केसी

Chitra Bahadur KC
लाेकपाटी न्यूज

काठमाडौं, २१ माघ । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्र बहादुर केसीले ठूला राजनीतिक दलहरुको मिलेमतोमा भ्रष्टाचार भइरहेको आरोप लगाएका छन् ।

उनले ठूला रकमको भ्रष्टाचारमा सत्तापक्ष र प्रतिपक्ष दुवैको संलग्नता रहेको बताए । उनले गुटगत स्वार्थ पूरा नभएको अवस्थामा मात्रै संसद र सडकमा चिच्याउने गरेको आरोप लगाए । काँग्रेसले महंगी र सीमा मिचिएको प्रति पनि सदनमा चिच्याउनुपर्ने उनको ठम्म्याई छ ।

उनले ठूला देशहरुले बजाएको मादलको तालमा सरकार नाचेमा मात्र विदेशी लगानी नेपालमा भित्रिने बताए । उनले नेताहरु विदेशीले बजाएको मादलको तालमा नाचेकोसमेत आरोप लगाए । अध्यक्ष केसीले लगानी डुब्ने भयले नेपालमा विदेशी लगानीकर्ता आउन नसकेको दाबी गरे ।

सरकारका पछिल्ला कामले नेपाली जनताले पीडामात्रै भोगेको बताउँदै उनले संसदीय प्रणालीले शोषित पीडित जनताको प्रतिनिधित्व नगर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्