जनउदय सामुदायिक वनको नवनिर्मित ट्रसको उद्घाटन

pic 7
लोकपाटी न्यूज

रमेश भुसाल/पश्चिम नवलपरासी, २१ असार। पश्चिम नवलपरासीस्थित जनउदय सामुदायिक वनको नवनिर्मित ट्रसको उद्घाटन भएको छ। उपभोक्तालाई चिरान काठ उपलब्ध गराउने उद्देश्यका साथ निर्मित ट्रसको लागि जिल्ला डिभिजन वन कार्यालयबाट ५ लाख र जनउदय सामुदायिक वनको १ लाख ४७ हजार ७ सय ८ रुपयौंको लागतमा बनेको जनउदय सामुदायिक वनका अध्यक्ष वल वहादुर थापाले बताए।

नवनिर्मित ट्रसको उद्घाटन गर्दे जिल्ला डिविजन वन कार्यालयका प्रमुख शंकर प्रसाद गुप्ताले जनउदय सामुदायिक वनको सक्रियता प्रशंसनिय रहेको भन्दै पछिल्लो पुस्ताले समेत फाइदा लिन सक्ने गरि दिगो रुपमा काम गर्नुपर्नेमा जोड दिए। सामुदायिक वनहरुको घाटगद्दि फुकुवा भएपनि प्रक्रियाका कारण केहि ढिलाइ भएको र अन्तिम चरणमा पुगेको गुप्ताको भनाई छ।

कार्याक्रममा सुनवल नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष कर्ण वहादुर शेन, सव डिविजन वन कार्यालयका प्रमुख जितेन्द्र सिहं खड्का लगायतले गोलियाबाट उपभोक्तामा पर्ने असरलाई मध्यनजर गर्दै चिरान काठ उपलब्ध गराउने उद्देश्यले निर्मित गरिएको ट्रसबाट उपभोक्तालाई फाइदा पुग्ने बताए।

जनउदय सामुदायिक वनमा घाटगद्दि गरिएको काठहरु मन्त्रिपरिषद्को निर्णयका कारण रोक्का हुदाँ ९ हजार क्युफिट काठ मौज्जाद रहेको जनउदय सामुदायिक वनले जनाएको छ। जसले गर्दा उपभोत्ताहरु मारमा परेको समितिको भनाई छ। जनउदय सामुदायिक वनको २ सय ७७ हेक्टर क्षेत्रफल रहेको छ। जसमा साल, सिसौं, साझ लगाएतको वाहुल्यता रहेको छ भने व्यावसायीक घासँ खेति समेत संचालनमा रहेको सचिव टेक वहादुर थापाले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्