काठमाडौं, २१ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्न सफल भएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत शुभकामना तथा बधाई दिँदै तेस्रो टी–२० खेलमा नेपालले युएईसँग १४ रनले विजय हासिल गरेको थाहा पाउँदा अत्यन्तै खुशी लागेको उल्लेख गरेका छन् । नेपाली क्रिकेटका लागि टी–२० सिरिज जित्नु अर्को ठूलो सफलता भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्, ‘नेपाली क्रिकेटका लागि यो अर्को ठूलो सफलता हो, नेपाली क्रिकेट टिमका सम्पूर्ण सदस्यलाई हार्दिक बधाई दिन चाहन्छु ।’
तेस्रो टी-२० खेलमा नेपालले युएईसँग १४ रनले विजय हासिल गरेको थाहा पाउँदा अत्यन्तै खुसी लागेको छ । नेपाली क्रीकेटका लागि यो अर्को ठूलो सफलता हो। नेपाली क्रीकेट टिमका सम्पूर्ण सदस्यलाई हार्दिक वधाई !
— K P Sharma Oli (@kpsharmaoli) February 3, 2019



लाेकपाटी न्यूज

