काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टी एकताका लागि पहल गर्न उपाध्यक्ष वामदेव गौतमलाई अधिकार रहेको बताएका छन्। केन्द्रीय समिति बैठकमा गौतमले पार्टी एकताका लागि आफूलाई अधिकार दिन माग गरेपछि ओलीले यस्तो बताएका हुन्।
ओलीले भने, ‘तपाईंलाई फूल फ्लेजेड (पूर्णरुपमा) अधिकार छ, ल गर्नुस्।’ एमाले आफ्नो मात्र दुःखले आर्जेको कुरा कहिल्यै नभनेको उल्लेख गर्दै उनले यो धेरैले ज्यान गुमाएर, दुःख गरेर, घाइते भएर यहाँसम्म ल्याएको पार्टी भएको बताए। ओलीले अराजकता र अनुशासन सँगै मिल्न नसक्ने भन्दै अराजकतालाई पार्टीले नसहने बताए।
‘आफ्नो सरकार ढालेर अर्को सरकार बनाउने कुरा सानो होइन,’ माधव नेपालप्रति लक्षित गर्दै उनले भने, ‘काँग्रेसको नेतृत्वमा कम्युनिस्ट आन्दोलन बलियो बनाउने, प्रचण्डको नेतृत्वमा लोकतन्त्र मजबुत बनाउने भनेर लागिरहनुभएको छ, देउवालाई प्रधानमन्त्री बनाउन लाग्ने, अनि एमाले भनिरहने, कस्तो दाउ ?’



लोकपाटी न्यूज

