अत्याधिक गर्मीका कारण क्यानडामा पाँच दिनमा १ सय ३० जना भन्दा बढीको मृत्यु

लोकपाटी न्यूज

एजेन्सी। क्यानडामा अत्यधिक गर्मीका कारण पाँच दिनमा १ सय ३० जना भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। पछिल्लो दुई दिनमा मात्रै ६० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ज्येष्ठ नागरिक अधिक हुन्।

क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रमा तापक्रम अत्यधिक बढेको हो। मंगलबारमात्रै क्यानडाको लिटनमा लगातार तेस्रो दिन तापक्रम उच्च भइरहेको छ। त्यहाँको तापक्रम अहिलेसम्मकै बढी ४९.६ डिग्री सेल्सियस मापन गरिएको छ । गत हप्तासम्म क्यानडाका कुनैपनि प्रान्तमा ४५ डिग्रीभन्दा बढी तापक्रम पुगेको थिएन।

मौसमविद्हरुले गर्मी अझै केही दिन बढ्न सक्ने भएकाले सतर्क रहन अपिल गरेका छन्।