राजेन्द्र बिक/ बाजुरा, १६असार। बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ७ स्थित बिपन्न परिवारका ४५ परिवारलाई बाख्रा वितरण गरिएको छ। त्यसैगरि १० बिपन्न परिवारलाई नश्ल सुधारका लागि भन्दै बोका बितरण गरिएको छ। सुदूर पश्चिम प्रदेश सरकार भूमि व्यवस्था कृषी तथा सहकारी मन्त्रालय भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराको आर्थिक वर्ष २०७७/०७८ को एकीकृत मुख्यमन्त्री कृषि तथा पशुपन्छी बिकास कार्यक्रम बाट स्वीकृत बजेट बाट बडिमालिका नगरपालिका वडा नम्बर ७ का जिल्ला, सिराडि, रजातोलि, ढम्कने लगायतका क्षेत्रका दलित तथा विपन्न वर्गका ४५ परिवारलाई २र२ बाख्रा गरि ९० बाख्रा र १० परिवारलाई नस्ल सुधारका १र१ बोका वितरण गरिएको बडिमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए।
त्यसैगरी २५ बिपन्न परिवारलाई नमुना बाख्रा खोर निर्माण गरि हस्तान्तरण गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराका प्राविधिक दिपक बुढाले बताए। नमूना खोरसहित बाख्रा पाउँदा आफूहरुलाई व्यावसायिक बाख्रा पालनमा लाग्न हौसला प्रदान भएको कालाजग्रा बाख्रापालन समन्वय समितिका अध्यक्ष हर्क बहादुर बिकले बताए। यो कार्यक्रममार्फत् बडिमालिका ७ का मात्रै ९० परिवार लाभान्वित भएका छन्।



लोकपाटी न्यूज
