काठमाडौं। जीवन विकास लघुवित्तले निष्काशन गरेको आइपीओमा अहिलेसम्मकै सबैभन्दा धेरै आवेदन परेको छ।
कम्पनीको आइपीओमा मंगलवार बेलुकासम्ममा २० लाख ४८ हजार ७ सय ६२ जना आवेदकबाट ३ करोड १२ लाख ६६ हजार २ सय ६० कित्ताको लागि आवेदन परेको हो। कुनै पनि आईपिओमा २० लाख बढीको आवेदन परेको यो नै पहिलो पटक हो। यो माग गरिएको भन्दा १६.९१ गुणा बढी हो।
कम्पनीले आज असार ११ गतेदेखि आइपीओ बिक्रि खुला गरेको थियो । कम्पनीले १ सय मूल्य अंकित दरका १९ करोड ७७ लाख ३० हजार १९ लाख ७७ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको हो। जस मध्ये ३० हजार ४ सय २० कित्ता कम्पनीका कर्मचारीलाई र ९८ हजार ८ सय ३५ कित्ता सामुहिक लगनी कोषलाई छुट्याईएको छ। बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्। माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ १ लाख ८४ हजार ८ सय जनाले मात्र पाउने छन् । यस हिसाबमा १८ लाख बढी आवेदक हात खाली भएका छन्।
शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। यो लघुवित्त जीवन विकास समाज (गैर सरकारी संस्था) द्वारा प्रवर्धित हो।


लोकपाटी न्यूज
