१८ गतेदेखि सबै गाडी सडकमा निकाल्ने यातायात व्यवसायीद्वारा चेतावनी

gadi
लोकपाटी न्यूज

काठमाडौं। नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घ, नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र अखिल नेपाल यातायात मजदुर सङ्घले संयुक्त विज्ञप्ति निकालेर २५ सिटमाथिका गाडी मात्रै सञ्चालन गर्ने काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयको निर्णय अव्यावहारिक भएको बताएका छन्।
यातायात व्यवसायीहरूले देशभर नै सार्वजनिक गाडी खुलाउनुपर्ने माग राखेका छन्।

अरू क्षेत्र बिस्तारै खुल्दै गएको अवस्थामा यातायात क्षेत्रलाई पूर्णरूपमा खुल्न नदिने स्थानीय सरकारको निर्णय अव्यावहारिक भएको बताउँदै व्यवसायीले सरकारले आवश्यक निर्णय नगरे आउँदो १८ गतेदेखि सबै सार्वजनिक गाडी सडकमा निकाल्ने चेतावनी पनि दिएका छन्। आफूहरूले दिएको सुझावलाई बेवास्ता गरी सरकारले एकलौटी निर्णय गरेको व्यवसायीहरूले आरोप लगाए।

यस्तै व्यवसायीहरूले २०६९ सालदेखि भाडामा समायोजन नभएको भन्दै भाडादरलाई पनि वैज्ञानिक बनाउन सरकारसँग माग गरेका छन्। उनीहरूले यातायात क्षेत्रका मजदूरका लागि कोरोना भाइरसविरुद्धको खोप दिने विषय प्राथमिकतामा राखी कार्यान्वयन गर्न पनि आग्रह गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्