काठमाडौं। वीरगञ्जबाट काठमाडौंमा कपडा बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ। मंगलबार बिहान करीब साढे १ बजे बेनीघाट रोराङ गाउँपालिकास्थित पृथ्वी राजमार्गको चरौँदी ज्यामिरे घाटबाट ट्रक त्रिशूली नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।
अनुसन्धानको क्रममा ना ३ ख ८०७४ नम्बरको ट्रक आशंका प्रहरीले गरेको छ। यद्यपी अहिलेसम्म ट्रक र चालक दुबै फेला परेको छैन। बिहानैदेखि गोताखोर, प्रहरीलगायतको टोलीले नदीमा ट्रक तथा चालकको खोजी गरिरहेको छ। तर अहिलेसम्म फेला पर्न नसकेको प्रहरी नायब उपरीक्षक खड्काले बताए। चालकको पहिचान खुल्न सकेको छैन।



लोकपाटी न्यूज

