काठमाडौँ। सर्वोच्च अदालतले बहराइनका लागि नेपाली राजदूतमा नियुक्त भएका युवराज कार्कीलाई राजदूतमा नियुक्ति नगर्न आदेश दिएको छ। कार्कीको योग्यता नपुगेको भन्दै सर्वोच्चले उनलाई राजदूतमा नियुक्ति गर्ने निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।
अधिवक्ता दीपक मिश्रले दायर गरेको रिटमाथि आज सुनुवाई गर्दै न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कार्कीको निर्णय कार्यन्वयन नगर्न सरकारलाई आदेश दिएको हो। सरकारले उनलाई वैशाख २५ गते राजदूतमा नियुक्ति गर्न सिफारिस गरेको थियो। प्रतिनिधिसभा विघटन भएकाले उनको संसदीय सुनुवाई नगरी राजदूतमा नियुक्ति गर्ने तयारी गरिएको थियो। तर, अदालतले कार्कीको राजदूत नियुक्तिमा रोक लगाइदिएको छ।
मन्त्री भइसकेका व्यक्तिको हकमा स्नातक उत्तीर्ण नगरे पनि हुने निर्देशिका छ। तर, सर्वोच्चले मन्त्री भएका कार्कीलाई अस्वीकार गरिदिएको हो। कार्की एमाले नेता तथा पूर्व सामान्य प्रशासन मन्त्री हुन्।



लोकपाटी न्यूज

