काठमाडाैँ। जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओमा आइतवार साढे १० बजेसम्म १३ लाख १५ हजार ३१० जनाले आवेदन दिएका छन्।
शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार उनीहरूले २ करोड ३८ लाख ९४० रुपैयाँका लागि आवेदन दिएका हुन्।कम्पनीले प्रति शेयर १ सय रुपैयाँ अंकितका दरले १९ लाख ७७ हजार ३०० कित्ता शेयर आईपीओ जारी गरेको हो। कम्पनीका अनुसार उक्त शेयर कित्तामध्ये ३० हजार ४२० कित्ता (०.५ प्रतिशत) कर्मचारीहरूलाई र ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो। कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १००० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ छिटोमा असार १५ गते र ढिलोमा असार २५ गते बन्द हुनेछ।


लोकपाटी न्यूज
