एमालेले बोलायो राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक

kp-sharma-oli
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ। आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। बैठक असार १६ गते बिहान ११ बजे काठमाडौंमा बस्ने प्रवक्ता ज्ञवालीले बताए।

उनले भने, ‘पार्टी सदस्यता नवीकरणको कामलाई तीव्रता दिन बैठकले मातहत कमिटीलाई निर्देशन दिने निर्णय पनि गरेको उनले बताए। ‘बाँकी विषयहरूमा हामी महाधिवेशन आयोजक कमिटीको बैठक बसेर थप छलफल गर्छौँ। थप निष्कर्षहरु निकाल्छौँ।’

प्रवक्ता ज्ञवालीले पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारी र राष्ट्रिय राजनीतिका बारेमा संक्षिप्त तर गहन छलफल भएको बताए। एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टी एकताका लागि २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटीको बैठक बोलाउनुपर्ने माग गरिरहेका बेला ओलीले त्यसलाई बेवास्ता गर्दै आयोजक कमिटीको बैठक बोलाएका हुन्।

यसअघि सर्वोच्च अदालतले समेत आयोजक कमिटीलाई नचिन्ने भन्दै कमिटीले गरेको कारवाहीको निर्णय वैधानिक नभएको आदेश दिएको थियो । तर ओलीले सर्वोच्चको आदेशलाई समेत बेवास्ता गर्दै बैठक बोलाएका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्