काठमाडौं। विपक्षी पाँच दलीय गठबन्धनले आज पत्रकारहरुसँग अन्तरक्रिया गरिरहेको छ। नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा कार्यक्रम भइरहेको छ। अन्तक्रियामा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत विपक्षी दलका शीर्ष नेता सहभागी छन्।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत राजनीतिक विषयमा समाचार संप्रेषण गर्ने पत्रकारहरु सहभागी छन्। शुक्रबार गठबनधनले विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग अन्तरक्रिया गरेको थियो।



लोकपाटी न्यूज

