यात्रुको झोलाभित्र चितुवाको जिउँदो बच्चा

leopard child
लाेकपाटी न्यूज

काठमाडौं ।एक एयरपोर्टमा अनौठो आवाज सुनिन थालेपछि एयरपोर्टका अधिकारीहरु सचेत भए । के रहेछ भनेर खोज्दै जाँदा एकजना यात्रुको झोलामा प्लास्टिकको बास्केटभित्र लुकाएर राखेको करिब एक किलो तौल भएको चितुवाको बच्चा भेटियो ।

यो खबर भारतको हो । लगेज जाँच गर्ने क्रममा कर्मचारीहरुले त्यो चितुवाको बच्चाको बारेमा सोध्न खोज्दा ती यात्रुले बनावटी कुरा गर्दै ढाँट्न खोजेको अधिकारीहरुले बताएका छन् ।

४५ वर्षीय ती यात्रु शनिबार बेङ्ककको फ्लाइटमा चेन्नई एयरपोर्ट उत्रिएका थिए । उनको नाम भने खुलाइएको छैन तर ती यात्रु अन्तर्राष्ट्रिय तस्करीमा संलग्न छन् कि भनेर अधिकारीहरु अनुसन्धानमा खटिएका छन् ।

सीसी क्यामरामा कैद भएको फुटेजमा चितुवाको बच्चालाई बोतलको दुध खुवाइरहेको देखिएको छ । चितुवाको बच्चा तर्सिएको, भोकै भएको र मन्द पीडादायी आवाज निकालेको एयरपोर्टका कर्मचारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्