२ वर्षपछि भरतपुरको विकास हेर्न आउनुहोला : रेनु दाहाल

Renu Dahal
लाेकपाटी न्यूज

काठमाडौं, २० माघ । भरतपुर महानगरपालिकाकी प्रमूख रेनु दाहालले आगामी २ वर्षभित्र भरतपुरको विकास हेर्न आउन आग्रह गरेकी छिन् ।

धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको गौतम वुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाको डिपीआरको पूर्वसन्ध्यामा आयोजना गरिएको नागरिक सभामा बोल्दै मेयर दाहालले उक्त कुरा बताएकी हुन् । आइतबार भरतपुरका स्थानीयले मेयर दाहालका साथै धुर्मुस–सुन्तली फाउण्डेशनका सीताराम कट्टेल ‘धुर्मुस्’, कुञ्जना घिमिरे ‘सुन्तली’, उपमेयर पार्वती शाहलाई भव्य स्वागत गरेका छन् ।

कार्यक्रममा बोल्दै मेयर दाहालले भनिन्, ‘अहिले भरतपुरमा धेरै योजना निर्माणाधीन छन् । हामी २ वर्षभित्र मूख्य योजना सम्पन्न गर्छौं । २ वर्षपछि भरतपुरमा घुमफिरका लागि मात्र होइन, विकास हेर्न पनि पर्यटक आउनेछन् ।’

दाहालले महानगरले गुरुयोजनाका साथ विकासका काम गरिरहेको जानकारी दिइन् । हामीले विकासको गुरुयोजना बनाएर काम गरिरहेका छौं । अहिले नआउनुहोला, २ वर्षपछि तपाईहरु सबै भरतपुरको विकास हेर्न आउनुहोला ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्