काठमाडौं। नेपाली काँग्रेसमा महाधिवेशनको मिति नजिकिँदै जाँदा नेताहरूले दौडधुप तीव्र बनाएका छन्। महाधिवेशनको योजना बनाउने नेताहरूले दौडधुप तीव्र पारेका हुन्।
काँग्रेसका तीन प्रभावशाली नेताहरू उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान फेरि छलफलमा जुटेका हुन्। महाराजगञ्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा उनीहरुबीच छलफल भइरहेको बताइएको छ।
यसअघि यी तिनै जना नेताले बानेश्वरस्थित निधि निवासमा छलफल गरेका थिए। १४ औँ महाधिवेशनको संघारमा रहेको बेला उनीहरू बिचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। छलफल महाधिवेशनको विषयमा केन्द्रित हुने बताइएको छ।
यता संस्थापन पक्षमा सभापति देउवाले नेतृत्वमा पुन दोहोरिने संकेत दिइसकेका छन्। देउवाले यसअघि सातै प्रदेशका आफू पक्षका नेताहरूसँग छलफल गरी आफ्नो पक्षमा माहौल बनाउन निर्देशन दिइसकेका छन्। संस्थापन पक्षमा उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा दाबी गरेका छन्।



लोकपाटी न्यूज

