नेपाल टेलिकमको मोबाइल सेवा देशभर अवरुद्ध

Nepal-Telecom-logo-Ntc-
लोकपाटी न्यूज

काठमाडौं। नेपाल टेलिकम (एनटिसी)को मोबाइल फोन सेवा देशभर अवरुद्ध भएको छ। आज बिहानैदेखि देशभर एनिटीसीका प्रिपेड तथा पोष्टपेड नम्बरमा फोन लागिरहेको छैन।

प्राविधिक समस्या देखिएकाले फोन नलाग्ने भएको टेलिमकमले जनाएको छ। मोबाइलमा फुल टावर देखाएपनि मोबाइल फोन नलागेको सेवाग्राहीले गुनासो गरेका छन्।

एनसेलका नम्बर र ल्याण्डलाइनबाट समेत एनटिसीका नम्बरमा फोन लागेको छैन।एनटीसीबाट एनसेलका नम्बरमा भने फोन गइरहेको छ। एनटिसीको मोबाइल नलाग्दा सेवाग्राही समस्यामा परेका छन्। समस्या समाधानका लागि प्रयास भइरहेको टेलिकम कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्