नारायणकाजी श्रेष्ठकाे प्रधानमन्त्रीलाई जवाफ : अति भएपछि खति हुन्छ

Narayan_Kaji_Shresth
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (माअ‍ोवादी) केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै ‘अति भएपछि खति’ भएको बताएका छन्।

सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न मंगलबार अन्तरिम आदेश दिएपछि प्रवक्ता श्रेष्ठको यस्तो प्रतिक्रिया आएको हो।

‘अति भएपछि खति हुन्छ नै। सर्वोच्च अदालतको पछिल्ला फैसलाहरुले प्रम ओलीले चालेका असंवैधानिक,अलोकतान्त्रिक एवम् राष्ट्रिय हित प्रतिकूल निर्णयहरुलाई बदर गरिदिएको छ,’ प्रवक्ता श्रेष्ठले मंगलबार साँझ ट्वीटरमा भनेका छन्, ‘संविधान र लोकतन्त्रको धज्जी उडाइएको स्थितिलाई अदालतले एक हदसम्म रोकेको छ। जबकि यो मुलतःराजनीतिको काम हो। सबैलाइ चेतना होस्।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्