ठाकुरले सोधे यादव पक्षका २ सांसदलाई स्पष्टीकरण

Mahanta-Thakur
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरको पक्षले लुम्बिनी प्रदेश सभाका आफ्ना २ सांसदलाई २४ घण्टाको अल्टिमेटम दिँदै स्पष्टीकरण मागेको छ।

पार्टीको निर्देशन विपरीत लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमका पक्षमा मतदान नगरेको आरोपमा ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवको पक्षका प्रदेश सांसद सहशराम यादव र पुर्मती ढेंगालाई स्पष्टीकरण मागेको हो।

यसअघि ५ दिन समय सीमा राखेर स्पष्टीकरण मागेको ठाकुर पक्षले पुनः अहिले २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको हो। अब २४ घण्टाभित्र स्पष्टीकरण नदिएमा पार्टीको विधानअनुसार कारबाही गरिने ठाकुर पक्षले चेतावनी दिएको छ।