काठमाडौं। आज सोमबार नेपाली बजारमा लगातार बढिरहेको सुनको मूल्य आज भने घटेको छ। आइतबारको तुलनामा आज ४०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार हुने भएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार हुने भएको छ। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ।
आइतबार प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ।



लोकपाटी न्यूज
