नया उमङ्ग लिएरै आउँछ , असारे महिना।
हरेक बर्ष कृषकलाई दिन्छ , सुवर्ण गहना।।
माना रोपेर मुरि फलाउने , उखानले भन्दछ।
असारमा रोप्न सिकाइ त्यही , मङ्सिर कुराउछ।।
गर्मीको मौसम चलिरहदा , शितलो थप्दिन्छ।
धर्तीको माटो तिर्खाउदा , प्यास मेटाइदिन्छ।।
सुकेका त्यि पानीका मुल , सरर रसाउछ्न।
सुरुवात भयो असारे महिना , भनेर चिनाउछ्न।।
बिहानपख उज्यालो हुन्छ , महिना असार।
खानुनै पर्छ पुगेन भने , पैसाले बेसार।।
कृषक हामी उठद्छौ छिट्टै , उब्जाउने आशामा।
खट्टेकै हुन्छौ खेतमा हामी , डटेर साथमा।।
सिमसिमे पानी परिरहन्छ , भिजेरै भएनि।
लागेकै हुन्छौ लगाउन बाली , ओडेर स्याखु नै।।
बिहानपखै हल नारी हाल्छौ , बीउ काड्छौ मिलेर।
हातमा कोदाली काधमा जुवा , बढ्दछौ लिगेर।।
चिसो मौसम नै , भएता पनि , गरिन्छ काम पूरा।
तिता र मिठा , हस्यौली ठ्ट्टा , मज्जाका त्यि कुरा।।
खाजाकै कुरा गर्नी हो भने , सार्है नै स्वाद हुन्छ।
सामान्यभन्दा , रोपाइको दिनको , झन मीठो भैदिन्छ।।
जे सुकै होस खाजाका माध्यम , स्वादिलो त्यहीदिनको।
रमाइलो अनि विशेष लाग्ने , रोपाइकै दिनको।।
हिलो मै खेल्छ्न,हिलो मै बस्छ्न , हिलोमै काम गर्छन।।
तातो त्यो चिया , थर्मसमा बोकि , चिसोलाई जित्दछ्न।।
लहरे बाली तरकारीहरु , फस्टाउछ्न यहि टाइममा।
पहाडले पनि सुन्दरपटुकी , मर्काउछ्न कम्मरमा।।
सकिन्छ रोपाइ , मिलेर सबै , अगाडि बढिन्छ।
महिना असार , भयङ्कर पानी मज्जाले पर्दिन्छ।।
खोला ती बढ्छ्न , आउँछ पानी , एकदमै बढेर।
रोपेका खेतमा , पस्दछ्न बाढी , चुर्लुम्म डुबार।।
बाढी र पहिरो गैराका हुन्छ्न , नोक्सान पुरार।
दुखद खबर सुन्ननि पर्छ , के गर्नु हजुर।।
प्राकृतिक प्रकोप आउन सक्छ , अपनाउ साबधानि।
जोगाइ ज्यान , जोगाइ बाली , कम गरौ नोक्सानि।।



लोकपाटी न्यूज

