काठमाडौं। विपक्षी गठबन्धनका शीर्ष नेताहरु बूढानीकलण्ठ पुगेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठकका लाग विपक्षी गठबन्धनका नेताहरु पुगेका हुन्।
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटउपर असार ९ देखि लगातार सुनुवाइ हुँदैछ। यसको पूर्वसन्ध्यामा दलहरु थप रणनीति बनाउन जुटेका हुन्। यसअघि विपक्षी गठबन्धनका १४६ जना नेताहरुले संसद् विघटनको निर्णय बदर हुनुपर्ने र प्रधानमन्त्रीमा कांग्रेस नेता शेरबहादुर देउवालाई नियुक्त गर्नुपर्ने माग राख्दै सर्वोच्चमा परमादेश दिएका छन्।
छलफलमा कांग्रेस सभापति देउवासहित रामचन्द्र पौडेल, पूर्णबहादुर खड्कालगायत सहभागी छन् भने माओवादी अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र देव गुरुङ पनि सहभागी छन्। यसैगरी जसपाका अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ पनि सहभागी छन् । विपक्षी एमालेका तर्फबाट नेता नेपालसँगै भीम रावललगायतका नेताहरु सहभागी छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, जसपाका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टाराईलगायत सहभागी बैठक साढे ५ बजेबाट जारी छ।



लोकपाटी न्यूज

