विपक्षी गठबन्धनद्वारा लुम्बिनी प्रदेशसभाको बैठक बहिस्कार

lumbini_pradesh_sabha_
लोकपाटी न्यूज

बुटवल। बजेटमाथि छलफलका लागि बोलाइएको आइतबारको लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध भएको छ। कार्यकता पोस्ने बजेट ल्याएको भन्दै विपक्षी गठबन्धनले सभा बहिस्कार गरेको हो।

कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कडौडियाले सभामा धारणा राखेपछि विपक्षी गठबन्धन सबै सांसद सभाहलबाट बाहिरिएका हुन्। सहमतिका लागि बैठक एक घण्टाका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए।

कांग्रेस प्रदेशसभा प्रमुख सचेतक फकरुद्धिन खानले समृद्धि र विकास भन्दा पनि कार्यकता पोस्ने बजेट सरकारले ल्याएको भन्दै त्यसको स्वामित्व हामीले लिन नसक्ने बताए। कांग्रेस दलका नेता वीरेन्द्र कनौडियाले सभामा धारणा राख्दै कार्यकता पाल्ने र एमालेकरण बन्ने खालको बजेट आएको बताए। विगतका तीन वर्षमा आएको बजेटभन्दा सबैभन्दा खराब बजेट आएको दावी गरे।