केपी ओलीले जतिसुकै बेइमानी गरे पनि माफ गर्छौं : कर्ण थापा

Karna_thapa
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले पार्टी एकता कायम रहने सम्भावना न्यून बन्दै गएको बताएका छन्। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलका कारण पार्टी संकटमा परेको थापाले आरोप लगाएका हुन्। यदि एमाले एक रहे नेपाल र रावल पार्टीमा नरहने उनले बताए।

‘फुटाउन चाहनेहरू त देखिएकै छन् त माधव नेपाल, भीम रावल लगायतका मान्छेहरू। अहिले पनि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गर्नेहरू। आफ्नै पार्टीविरुद्ध अविश्वासको प्रस्ताव राख्नेहरू। यी नै त हुन् नि फुट परस्त भनेका,’ उनले भने, ‘जसलाई फुट्न परेको छ। फुट परस्त गतिविधि गरेका छन् र एमालेलाई समाप्त पार्नको लागि सम्पूर्ण शक्ति लगाएका छन्। तिनले त्यो छोड्नासाथ यहाँ फुटको त केही सम्भावना नै छैन।’

थापाले पार्टी एकताका लागि पार्टीका अध्यक्ष केपी शर्मा ओलीले जतिसुकै बेइमानी गरे पनि माफ हुने बताए। एमाले जेठ २ मा फकिन्छ त ? भन्ने नेपाल प्रेसको प्रश्नमा उनले भने, ‘नेपाल यी सबै प्राविधिक कुरा हुन्। त्यस सम्बन्धमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको लागि जतिसुकै बेइमानी गरे पनि माफ गर्छौं। एमालेमा आएर आफ्नो जिम्मेवारी लिएर काम गर्नुस् भनेर सबैलाई भन्नुभएकै छ।’