काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीको कार्यकारिणी समिति सदस्यमा व्यापक हेरफेर गरेका छन्।
प्रथम अध्यक्ष आफू नै भएको दावी गर्दै प्रथम अध्यक्षका हैसियतले कार्यकारिणी समितिमा हेरफेर गरेका छन्। उनले कार्यकारिणस् समितिका वर्तमान २० सदस्यलाई हटाएर आफू निकटलाई मनोनित गरेका छन्। पूर्व सामाजवादीका १४ जना र पूर्व राजपाका ६ जनालाई केन्द्रीय कार्यकारिणी समितिमा मनोनित गरेका छन्। शुक्रबार कार्यकारिणी समितिमा हेरफेर गर्दै निर्वाचन आयोगमा ठाकुरले पत्र पठाएका छन्।
गत पुस १० गते बसेको जसपा कार्यकारिणी समितीको बैठकले ठाकुरलाई प्रथम अध्यक्षको हैसियतमा कार्यकारिणी समितिको हेरफेर तथा पुनर्गठन गर्ने अधिकार दिएको र सोही अनुसार आफूले समिति हेरफेर गरेको ठाकुरको दावी छ। ठाकुर पक्षले निर्वाचन आयोगमा पुस ५ गतेको कार्यकारिणी समितिले गरेको निर्णयको प्रतिलिपी पनि पेश गरेको छ। शुक्रबार नै उपेन्द्र यादवले दलको आधिकारिता दावी पेश गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको पक्ष र विपक्षमा दुई समूह बाँडिएपछि जसपाभित्र विवाद उब्जिएको हो। अहिले ठाकुर पक्षबाट ९ जना केन्द्र सरकारमा मन्त्रीको हैसियतमा छन्। उपेन्द्र यादव पक्षले भने ती नौ जनालाई नै पार्टीबाट निष्काशन गरेको छ। जसपामा यादव र ठाकुर दुवै पक्षले एक अर्कालाई कारबाही गरेका छन्। दुवै पक्षको दावीलई निर्वाचन आयोगले नमानेपछि यादव पक्षले आधिकारीकताको दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ।



लोकपाटी न्यूज

