समस्या तत्काल समाधान गर्न मन्त्री अर्यालको निर्देशन

Padma Aryal-12
लाेकपाटी न्यूज

झापा, १९ माघ । झापाको महारानीझोडा लगायत साविकको ६ वटा गाउँ विकास समितिमा रहेको जग्गा दर्ता सम्बन्धि समस्या छिटो समाधान गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले निर्देशन दिएकी छिन् ।

साविकको ६ गाविसमा रहेको अव्यवस्थित बसोबास सम्बन्धि समस्या समाधान गर्न नेपाल सरकारले गएको पुसमा गठन गरेको झापा जिल्ला महारानीझोडा, लखनपुर, तोपगाछी, धरमपुर, शिवगञ्ज र सतासीधाम क्षेत्रको जग्गा दर्ता समिति(२०७५), नापी कार्यालय दमक, मालपोत कार्यालय दमक तथा स्थानीय निकायसँग छलफल गर्दै मन्त्री अर्यालले त्यस्तो निर्देशन दिएकी हुन् ।

झापाको मेचीनगर दुहागढीमा शनिबार भएको छलफलमा मन्त्री अर्यालले झापाको महारानीझोडा, लखनपुर, तोपगाछी, धरमपुर, शिवगञ्ज र सतासीधाम क्षेत्रको जग्गा दर्ता सम्बन्धि समस्या तत्काल समाधान गर्न निर्देशन दिइन् ।

मन्त्रालयले दिएको टिओआरभित्र रहेर समयसीमाभित्र काम सम्पन्न गर्न उनले सो निर्देशन दिएकी हुन् ।
झापाको महारानीझोडा, लखनपुर, तोपगाछी, धरमपुर, शिवगञ्ज र सतासीधाममा भएको जग्गा दर्तासम्बन्धी समस्या समाधान गर्न मन्त्रालयले समिति गठन गरेको छ ।

समितिले छिटोभन्दा छिटो काम सम्पन्न गर्नुस्, मन्त्री अर्यालले भनिन्, ‘तपाईहरुलाई दिइएको समयसीमाभित्र काम सम्पन्न गर्नुस । समितिलाई दिइएको टिओआरअनुसार नै काम गर्नुहोला ।

मन्त्री अर्यालले झापा जिल्लाको यी ६ ठाउँमा भएको जग्गा दर्तासम्बन्धी समस्या समाधान गर्न महारानीझोडाबाट काम शुरु गरिएको र बिस्तारै ६ वटा ठाउँकै समस्या समाधान गरिने बताइन् । लामो समयदेखि रहेको जग्गा दर्तासम्बन्धी समस्याका कारण लामो समयदेखि जनताले दुख खेप्नुपरेकोले मन्त्रालयले अधिकारसम्पन्न समिति गठन गरेर पठाएको भन्दै जतिसक्दो छिटो काम सम्पन्न गरेर समस्या समाधान गर्न समिति, सम्बन्धित कार्यालय तथा स्थानीय तहलाई निर्देशन दिएकी हुन् ।

समितिलाई निश्चित कार्यक्षेत्र दिइएकोले आफ्नो कार्यक्षेत्रभित्र मात्र रहेर काम गर्न निर्देशन दिनुभयो। कसैलाई असर नपर्नेगरी चुस्तरुपमा काम गर्न उनको आग्रह थियो ।

छलफलमा झापा जिल्ला महारानीझोडा, लखनपुर, तोपगाछी, धरमपुर, शिवगञ्ज र सतासीधाम क्षेत्रको जग्गा दर्ता समिति २०७५ का अध्यक्ष राधाकृष्ण खनाल, शीवसतासी नगरपालिकाका प्रमुख छत्र शेर्मा, गौरादह नगरपालिकाका प्रमुख रोहित शाह, कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले, मालपोत कार्यालय दमकका प्रमुख नविनकिशोर अधिकारी, नापी कार्यालय दमकका अधिकृत इन्द्र सँग्रौला, विशेष नापी कार्यालय झापाका प्रमुख श्रृजना पन्त लगायतको सहभागीता थियो ।

छलफलमा उनीहरूले काम गर्ने क्रममा देखिएका जटिलता, समन्वयमा देखिएका समस्याबारेमा आफ्नो समस्या राखेका थिए । समितिका अध्यक्ष तथा पदाधिकारीले समितिको काम शुरु गर्न कर्मचारीको अभाव, भौतिक साधन ९कम्प्युटररफर्निचर०को आपूर्ति नहुदा काम शुरु गर्न आग्रह गरेका थिए।

झापाको झापा जिल्ला महारानीझोडा, लखनपुर, तोपगाछी, धरमपुर, शिवगञ्ज र सतासीधाम क्षेत्रको जग्गा दर्ता सम्बन्धि समस्या समाधान गर्न गएको पुसमा सरकारले जग्गा दर्ता समिति गठन गरेको हो । समितिलाई एक वर्षभित्र काम सम्पन्न गरिसक्ने समयसीमा दिइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्