ट्रम्पले खारेज गरे आणविक हतियार सन्धि सम्झौता

Donald Trump
लाेकपाटी न्यूज

एजेन्सी, १९ माघ अमेरिकाले शीत युद्धकालीन समयमा रुससँग भएको मध्यम दुरीको आणविक हतियार सन्धि (आइएनएफ) बाट फिर्ता हुने घोषणा गरेको छ ।

अमेरिकाले सन्धिको रुसी पक्षबाट उल्लङ्घन भइरहँदा अमेरिकालाई यो सन्धिको पालना गर्न बाध्यकारी अवस्था नहुने बताउँदै सन्धि फिर्ता गरेको हो ।

आइएनएफबाट फिर्ता हुने प्रक्रिया आगामी ६ महिनामा पूरा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी एक विज्ञप्तिमा बताइएको छ ।

यसैबिच उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले अमेरिकाले आइएनएफ सन्धिबाट फिर्ता हुने गरी गरेका निर्णयको पूर्णतया समर्थन गर्ने जनाएको छ ।