काठमाडौं। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ।
परीक्षणको लागि मेलम्चीको सुरुङ असार १ गतेदेखि खाली गरिँदै छ। सोही कारण करिब दुई महिना काठमाडौं उपत्यकामा प्रतिदिन उपलब्ध भइरहेको १७ करोड लिटर पानी उपलब्ध नहुने भएको छ।
मेलम्चीको पानी नआउन्जेलसम्म हुने परिमाणको कमीलाई ध्यानमा राख्दै केयूकेएलले खानेपानी वितरण तालिकामा फेरबदल गरेको जनाएको छ। तालिका अनुसार उपत्यकाका अधिकाशं क्षेत्रमा साताकाे एक दिन पानी आउनेछ भने ललितपुरकाे सैंबु क्षेत्रमा १२ दिनमा एकपटक मात्रै पानी आउनेछ।
तालिका हेर्नोस्-




लोकपाटी न्यूज
