काँग्रेस प्रवक्ताको चेतावनी : शीतल निवासको जस्तै षडयन्त्र पोखरामा नदोहोरियोस्

BishwaPrakash_Sharma
लोकपाटी न्यूज

काठमाडौँ। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शीतल निवासजस्तो षडयन्त्र पोखरोमा नदोहर्‍याउने चेतावनी दिएका छन्। गण्डकी प्रदेशमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमपछि राष्ट्रपति विद्यादेवी भण्डारीजस्तो षडयन्त्र नदोहर्‍याउन शर्माले चेतावनी दिएका हुन्।

संविधानको धारा १६८ को (३) अनुसार विश्वासको मत पाउन नसकेपछि पदमुक्त भएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश प्रमुखले सरकार बनाउन दिएको समयको अन्तिमतिर दाबी गरेपछि गण्डकी प्रदेशको राजनीतिले नयाँ मोड लिएको छ। विश्वासको मत गुमाइसकेका व्यक्तिको पुनः मुख्यमन्त्रीमा दावाले षडयन्त्रको आशंका बढाएको उनको भनाइ छ।

‘होसियार! शीतल निवासको झैँ षडयन्त्र पोखरामा नदोहोरियोस्! कब्जा शैलीमा राष्ट्रपतिको दुरुपयोगझैँ विश्वासको मत दुई दिनअघि गुमाएका व्यक्तिको पुनः मुख्यमन्त्रीमा दाबाले षडयन्त्रको आशंका बढाएको छ,’सामाजिक सञ्जालमा शर्माले लेखेका छन्,‘तस्बिर बोल्छ-बहुमतको हस्ताक्षर मात्र होइन बहुमत ३१ सांसदको उपस्थिति कहाँ छ।’