काठमाडौं। नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले भारतले दार्चुलामा नेपालको भूभाग अतिक्रमण गरी सडक बनाउने काम जारी राखेको भए पनि सरकार चुप बसेको बताएका छन्। भारतले बाटो बनाउने क्रममा गरिएको विस्फोटले व्यास गाउँपालिकामा घोडेटो बाटो क्षतिग्रस्त भएको समाचार आए पनि सरकार चुप बसेको प्रति उनले प्रश्न गरेका छन्।
‘भारतले दार्चुला जिल्लामा नेपालको भूभाग अतिक्रमण गरी सडक बनाउने काम जारी राखेको छ,’ रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यही क्रममा गरिएको विस्फोटबाट व्यास गा.पा. मा घोडेटो बाटो क्षतिग्रस्त भएको समाचार छ। प्र.मं केपी र सरकार किन चुप ? कि देश र जनताको रक्षा गर्ने प्रमुख दायित्वबाट प्र.मं. र सरकार च्युत भइसकेका हुन् ?’




लोकपाटी न्यूज

