सुनकाे भाउ ३ सय रुपैयाँले घट्याे, कतिमा हुदैछ काराेबार ?

लोकपाटी न्यूज

काठमाडौं। सुनको भाउ बिहीबार प्रोतितोला ३०० रुपैयाँले घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ९०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ४०० रुपैयाँ निर्धारण भएको छ।

यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ९४ हजार २०० रुपैयाँ कायम थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो। यता, चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ५० रुपैयाँ निर्धारण भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्